माउन्ट अन्नपूर्ण माविका विद्यार्थीको बिदाइ

समाधान संवाददाता २०७९ चैत ३० गते १६:५२

पोखरा ।
पोखरा, नदीपुरमा अवस्थित माउन्ट अन्नपूर्ण माविमा म्यान्जनेट तथा होटल म्यानेजमेन्टको कक्षा ११ का विद्यार्थीले कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गरेका छन् ।

Advertisement

कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष सुरज प्रकाश प्रधानांग, विद्यालय निर्देशक अशोक शाही, प्राचार्य सइन्द्रराज श्रेष्ठ, निर्देशक चिजकाजी गुरुङ र अध्यापक विकास गुरुङले शुभकामनाका साथै मार्ग निर्देशन मन्तव्य दिएका थिए ।

विभिन्न विधामा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई कार्यक्रममा पुरस्कार वितरण पनि गरिएको थियो । कार्यक्रममा कक्षा ११ का छात्रछात्राहरूले सांगीतिक प्रस्तुति दिएका थिए । कक्षा १२ का विद्यार्थीलाई मायाको चिनो उपहार दिइएको थियो ।

होटल पौवा लेकसाइडमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन कक्षा ११ का छात्रा समीक्षा सिर्पाली र छात्र सुजन अचार्यले गरेका थिए । कक्षा ११ की छात्रा प्रभा पुनको अध्यक्षतामा भएको कर्यक्रममा स्वागत मन्तव्य कक्षा ११ की छात्रा भूमिका सुवेदीले दिएकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया