नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पाेखराका अञ्जन श्रेष्ठ निर्वाचित

समाधान संवाददाता २०७९ चैत ३० गते १७:०६

पोखरा
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत भएका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन गरेसँगै अञ्जन वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मतभन्दा धेरै मत कसैले पनि नल्याएपछि चुनाव हुने भनिएको थियो । तर, उमेशले अञ्जनलाई समर्थन गरेपछि सहमति भएको हो ।

दोस्रो चरणमा निर्वाचन हुने भनिएकोमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच सहमति भएको हो । निर्वाचनस्थल कमलादीबाट सर्वसम्मतीको बरिष्ठ उपाध्यक्ष घोषणा हुँदैछ ।

Advertisement

तपाईको प्रतिक्रिया