मुस्ताङमा ‘एसईई’ का सर्वोउत्कृष्ट ३ जना विद्यार्थीलाई सम्मान

जोमसोम–तत्कालीन सांसद एवं समाजसेवी ओमविकास गौचन र देउकुमारी गौचनको स्मृतिमा २०७४ सालमा स्थापना गरिएको ओमविकास गौचन र देउकुमारी गौचन स्मृति प्रतिष्ठानले बिहिबार मुस्ताङका सर्वोउत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ ।
स्वर्गीय गौचन दम्पतीको १७ औं स्मृति दिवस एवंम् पाचौं साधारण सभा, पुरस्कार तथा सम्मान कार्यक्रममा प्रतिष्ठानले २०७८ सालमा एसईई परीक्षामा सर्वोउत्कृष्ट अंक हासिल गर्ने ३ जना विद्यार्थीलाई एक समारोहकाबीच सम्मान गरेको हो ।
एईई परीक्षामा जिल्लामै सर्वोउत्कष्ट अंक हासिल गर्ने छात्र÷छात्रा (दुई जना) र दलित कोटातर्फ सर्वोउत्कष्ट अंक हासिल गर्ने (एक) जना विद्यार्थीलाई नगद १० हजारसहित प्रशंसापत्रले सम्मान गरिएको हो । एईई परीक्षा २०७८ मा सर्वोउत्कृष्ट अंक ल्याउने छात्रतर्फ जनआदर्श अमरसिंह मावि कोवाङका सोहित परियार र छात्रातर्फ जनहित मावि जोमसोमको छात्रातर्फ भूमिका वाँनियालाई नगदसहित सम्मान गरिएको हो ।
यसैगरी प्रतिष्ठानले दलित छात्रातर्फ जिल्लाकै सर्वोउत्कृष्ट जनहित माविका जीवन विकलाई पनि नगदसहित सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।
१७ औं स्मृति दिवसकै अवसरमा प्रतिष्ठानले थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचन र उपाध्यक्ष सोमल हिराचनसहित थासाङ गाउँपालिका–२ का वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानद्धारा आयोजित १७ औं स्मृति दिवस एवं पाचौं साधारणसभा,पुरस्कार तथा सम्मान कार्यक्रमको संविधान सभा सदस्य श्रीमाया थकालीले उद्घाटन गरिन् ।संविधान सभा सदस्य थकालीले तत्कालीन सांसद ओमविकास गौचन मुस्ताङका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरिन । उनले राजनिति कर्मका साथै सामाजिक योगदानमा स्वर्गीया गौचनको योगदान महत्वपूर्ण भएको बताईन् । समाज रुपान्तरण ,कृषि र शिक्षाक्षेत्रमा स्वर्गीय तत्कालीन सांसद गोचनले अतुलनीय योगदान पू¥याएको उल्लेख गरिन् ।
जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ, पूर्व प्रदेश सांसद महेन्द्रबहादुर थकाली,थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचन र उपाध्यक्ष सोमल हिराचनले लगायतले स्वर्गाीय गौचनको योगदानबारेमा चर्चा गरे ।
ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानले मुस्ताङ जिल्लाको कृषि,शिक्षा,स्वास्थ्य र महिला सशक्तिकरण लगायतमा योगदान गर्दैआईरहेको छ । आफ्ना दिवंगत पिता र माताको सम्झनामा सामाजिक रुपान्तरण र आर्थिक विकासका लागि २०७४ सालमा संस्थागत रुपमा प्रतिस्ठान स्थापना गरिएको संस्थाकी अध्यक्ष सवि गौचन÷शेरचनले जानकारी दिए । अर्को आर्थिक वर्षमा पिताकै शालिक भएको ठाउँमा आमा देउकुमारी गौचनको पनि शालिक निर्माण गर्ने जानकारी दिईन् ।

अध्यक्ष गौचनले पालिकाको बृहत्तर विकास र स्थानीय महिलाहरुलाई उद्यमशिलता र कृषितर्फ आत्म निर्भर बनाई उनीहरुलाई आर्थिक रुपले सवल बनाउन स्थानीय तहसंग सहकार्य गरी अघि बढ्ने बताईन् ।
प्रतिष्ठानले सामाजिक क्षेत्रमा योगदान पू¥याएका व्यक्ति,विद्यार्थीको शैक्षिक मनोवलमा टेवा पू¥याउने , विद्यालयहरुमा शैक्षिक समाग्री वितरण गर्ने, कृषितर्फ रचनात्मक कार्य गर्ने र कृषकहरुको आवश्यकता र औचित्यतालाई समाधान गर्न उपकरण खरिद लगायतमा सहयोग र सहजीकरण गर्ने कामहरु गर्दैआईरहेको छ ।

यसअघि मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङ÷खन्तीमा रहेको ओमविकास गौचनको शालिकमा संविधानसभा सदस्य श्रीमाया थकाली,समन्वय प्रमुख माया गुरुङ,पूर्व प्रदेश सांसद महेन्द्रबहादुर थकाली, थासाङ गापाका अध्यक्ष÷उपाध्यक्ष लगायतका जनप्रतिनिधि,शिक्षक,विद्यार्थी र स्थानीयहरुले माल्यापर्ण गरी श्रद्धान्जली अपर्ण गरिएको थियो ।

तपाईको प्रतिक्रिया