प्रदेश प्रमुख गुरुङले दिए नयाँ वर्षको शुभकामना

पोखरा ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ वर्षको शुभकामना दिएका छन् । बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख गुरुङले गण्डकी सरकारले यो वर्ष धेरै उपलब्धिपूूर्ण काम गरेको बताए । जनताका आवश्यकता र चाहना पुरा गर्ने उनले प्रतिबद्ध गरे ।
प्रदेशको आर्थिक–सामाजिक विकासलाई पहिलो प्राथमीकताका रुपमा लिन र जनताका समस्यालाई समाधान गरी उनीहरुको जिवनस्तर माथी उठाउने दिशामा केन्द्रित हुन उनले जनप्रतिनिधिलाई उनले आग्रह गरे ।
‘समाज र राष्ट्रलाई समृद्ध एवम समुुन्नत बनाउने दायित्व हाम्रो हो,’ प्रमुख गुरुङले भने, ‘प्राकृतिक सम्पदाको संरक्षण गर्नु, जलश्रोत र पर्यटनमा रहेका सम्भावनाको पहिचान गरी यसलाइ आर्थिक क्षेत्रसँग जोड्दै आयआर्जनको माध्यम बनाउन म आग्रह गर्दछु ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, सभामुख कृष्णप्रसाद धिताल, मन्त्री , विभिन्न पार्टीका नेता, उच्च अदालत पोखराका मुख्य न्यायाधिश, प्रदेश सभाका सदस्य लगायतको उपस्थिति थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया