स्पोर्ट्स अवार्डलाई राष्ट्रिय खेलकुद परिषदको साथ

पोखरा ।
सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सघाउने भएको छ । आगामी वैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रममा राखेपले सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल एवं सचिव शशिकुमार पौडेलसँगको भेटमा राखेप सदस्य सचिव टंकलाल घिसिङले सो प्रतिवद्धता जनाएका हुन् । सदस्य सचिव घिसिङले अवार्डलाई भव्य बनाउन राखेप साथमै रहने आश्वासनसमेत दिए ।
सातौं सस्करणको पकार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिइनेछ ।
कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका लगायतले सहयोग गर्ने तय भइसकेको छ ।
उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, वर्ष उत्कृष्ट खेलकुद संघ, संस्था वा क्लब तर्फको पुरस्कार टाइगर ग्रुप अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजारकासेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको महासचिव पौडेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया