गण्डकीमा बर्खे अधिवेशन आह्वान, मुख्यमन्त्री अधिकारीले संसदबाटै राजीनामा दिने

पोखरा ।
गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आहवन भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार बैशाख ९ गते अधिवेशन आहन गरेका हुन् ।
माओवादीले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने उद्देश्यले अधिवेशन आहन गरिएको हो ।
‘मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधार बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन प्रदेश सभा भवन, नदीपुर मा २०८० वैशाख ९ गते शनिबार दिउँसो ३ बजे आरम्भ हुने हुने जानकारी गराउँछु,’ प्रदेश प्रमुख गुरुङले जारी गरेको विज्ञप्तिमा छ ।
अल्पमतमा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले वैशाख ९ गतेसम्म सरकार छोड्नुपर्ने अवस्था छ । स्रोतका अनुसार मुख्यमन्त्री अधिकारीले सो दिन विश्वासको मत नलिइ संसदको रोस्टमबाटै राजीनामा दिने तयारी छ ।
‘विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था छैन । हामीलेहरुले मुख्यमन्त्री ज्यूलाई रोस्टमबाटै राजीनामा दिन आहन गरेका छौं,’ मुख्यमन्त्री स्रोतले भन्यो ।










पिपिएलए गण्डकीमा कमल अर्याल
मेलाको रमाइलो, झोलामा तरकारी
चन्द्रावतीको ‘कहरको त्यो समय’ लोकार्पण
जनप्रियको गरिमा कायम राख्छुः अध्यक्ष पहारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया