फेवा किनारमा खपौदी कार्निभल

समाधान संवाददाता २०८० वैशाख १ गते १८:०६

पोखरा ।
फेवा पर्यटन विकास समितिद्वारा आयोजना गरिएको खपौदी कार्निभलको फेवातालमा १० हजार माछाका भुरा छोडेर उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले फेवातालमा माछाका भुरा छोडेर कार्यक्रम उद्घाटन गरेका हुन् । मुख्यमन्त्री अधिकारीले फेवाताल पर्यटनको आकर्षक केन्द्रबिन्दु भएकाले यसको संरक्षण र सम्बद्र्धनसँगै पोखराको पर्यटन विकासका लागि एकीकृत सोच र प्रयासको खाँचो औंल्याए ।

Advertisement


कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले प्रकृतिको वरदान पाएको पोखराको सुन्दरता जोगाएर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने धारणा राखे ।


कार्यक्रमममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सुस्ताएको पर्यटन प्रवद्र्धनका लागि पछिल्लो समय निजी क्षेत्रको पहला निकै भएको तर सरकारले चासो नदिएको गुनासो गरे ।


समितिका अध्यक्ष अर्जुन सुवेदीले गैह्राचौतारादेखि चंखपुर पामेसम्मको क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षण केन्द्रबिन्दु भए पनि पर्यटन प्रवद्र्धनमा ओझेल रहेका कारण महोत्सवबाट यस क्षेत्र प्रवद्र्धनमा जोड दिइएको बताए ।
कार्यक्रममा वडा नम्बर १८ का जनप्रतिनिधि मीना नेपाली नेपाली, समितिका संस्थापक अध्यक्ष रामकुमारी राई, उपाध्यक्ष नीरञ्जन खत्रीले, सेदी टोल विकास संस्थाका अध्यक्ष राजु थापा लगायतले फरक सोच र उद्देश्यका साथ आयोजना गरिएकोे खपौदी कार्निभलले समग्र पोखराको पर्यटनलाई टेवा दिने भनाइ राखेका थिए ।


चैत ३० गते सुरु भएपनि महोत्सवको वैशाख १ गते उद्घाटन गरिएको हो ।

Advertisement

महोत्सवमा जलारी समुदायको डुंगा दौड प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा कृष्ण जलारीको समूह प्रथम, टेकबहादुर जलारीको समूह द्वितीय, र सञ्जय जलारीको समूह तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

राजु जलारीको समूहले सान्त्वना स्थान प्राप्त गरेको छ । विजेताहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।


महोत्सवमा स्थानीय माछा तथा कृषि उत्पादनको प्रदर्शनसहित डुंगा दौड लगायत खेलकुद कार्यक्रम छन् ।

त्यस क्षेत्रमा होटल, रेस्टुरेन्ट लगायत पर्यटकीय संघसंस्था गरी १ सय बढी सञ्चालित सचिव शिव थापाले बताए । उनका अनुसार फेवा पर्यटन विकास समितिमा भने ९७ पर्यटन व्यवसायी आबद्ध छन् ।

तपाईको प्रतिक्रिया