सेती खाेंचमा खसेकी बालिकाकाे उद्धार, अचेत अवस्थामा फेला परिन्

समाधान संवाददाता २०८० वैशाख २ गते १७:०९

पोखरा ।

Advertisement

सेती खोंच खसेकी बालिकालाई २ घण्टा उद्धार गरिएको छ । उनी अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो सेती खेल्न पुगेकी पोखरा ८ की स्मिृती पराजुलीलाई प्रहरीले उद्धार गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टर माधव केसीका अनुसार पोखरा ८ नागढुंगा बस्ने स्मृती तीन जना साथी मिलेर सेती खोंचमा खेल्न पुगेकी थिए ।


‘घरबाट निस्केर खेल्न पोखरा १५ स्थित हरियो खर्कको खेलमैदानमा पुगेपछि जाँदै गर्दा सती नजिकैको भ्वाङमा परेको देखिपछि उद्धार गरिएको हो,’ इन्स्पेक्टर केसीले भने । उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतामा उपचारका लागि पु¥याइएको इन्स्पेक्टर केसीले सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया