माओवादी केन्द्र भलाममा शुभकामना

पोखरा ।
नयाँ वर्ष २०८० को अवसरमा नेकपा माओवादी केन्द्र पोखरा महानगर वडा समिति वडा नं २० ले शुभकामना आदानप्रदान एवं जनतासँग पार्टी अभियान सञ्चालन गरेको छ ।
पार्टीको केन्द्रीय नीति अनुरुप सांगठनिक शुद्धिकरण र सुदृढीकरणका लागी अभियान सञ्चालन गरिएको माओवादीले जनाएको छ । पार्टीभित्र योग्यता र क्षमताका आधारमा भन्दा नातागोता र आफन्तका आधारमा अवसर दिंदा माओवादी केन्द्र कमजोर बन्दै गएकाले यस्लाई तत्काल सच्याएर अगाडि बढ्न कार्यकर्ताले नेतृत्वलाई सुझाव दिए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभामा माओवादी केन्द्रका सचेतक सुशीला सिम्खडाले ठोस र मूर्त योजनाका साथ अगाडि बढ्न सके माओवादी केन्द्रलाई २०६४ कै अवस्थामा पुर्याउन सकिने औंल्याइन् । ‘राजनीतिमा विचार, संगठन र योजना नै मुख्य हो । माओवादीकै एजेन्डा र नेतृत्व भएकाले उत्साहका साथ संगठन विस्तारमा लाग्न कार्यकर्तालाई उनले आग्रह गरिन् ।
माओवादीका केन्द्रीय सदस्य तेजकुमारी पौडेलले नेतृत्वप्रतिको बुझाइलाई आन्तरिक छलफलमार्फत स्पष्ट पार्दै विकास र समृद्धिलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् । प्रदेश सदस्य कल्पना पाण्डेले आगामी दिनमा राजनीतिलाई विकाससँग जोडेर लैजान सके माओवादी सबैभन्दा वलयिो पार्टी बन्ने जनाइन् ।
प्रदेश सदस्य जुबिदा खातुनले पार्टी बलियो बनाउन सबै तहका नेता, कार्यकर्ताले आत्मालोचना हुँदै नयाँ ढंगले काम गर्नुर्नेमा जोड दिइन् । वुद्धिजीवी रामप्रसाद पौडेलले पार्टीका नीति र योजनालाई ठोस र मूर्त रुपमा लागू गर्न कार्यकर्ता लाग्नुपर्ने बताए ।
माओवादी केन्द्र पोखरा महानगर कमिटी सचिव जनक पराजुलीले कमिटीलाई जिम्मेवार बनाउँदै नेतृत्वलाई विश्वास गरेर अगाडि बढ्नुपर्ने सुझाव दिए । वरिष्ठ अधिवक्ता गोविन्द पौडेलले कार्यकर्ताको मर्म र भावना अनुसार पार्टी नेतृत्व चल्नुपर्ने विचार राखे ।
वडा कमिटी अध्यक्ष लक्ष्मण खत्रीले पार्टी कमजोर हुनाका कारण र समाधानका उपाय खोज्न र व्यवहारमा लागू गर्न आग्रह गरे ।









क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया