नेपाल भाषा सिकाइँदै

पोखरा ।
गण्डकी प्रज्ञा प्रतिष्ठानले पोखराको लेखनाथमा नेपाल (नेवारी) भाषा प्रशिक्षण दिएको छ । अघौं पौवा नेवा खल लेखनाथसँगको सहकार्यमा भएको भाषा प्रशिक्षण २ महिनासम्म सञ्चालन हुने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रशिक्षणमा मधुसुदन जोशीले सहजीकरण गरेका छन् । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोदबहादुर कुँवरले मातृभाषाको संरक्षण र प्रवद्र्धनका लागि प्रतिष्ठानले अभियान चलाएको बताए । उनले उद्देश्य अनुसार काम गरेर प्रतिष्ठान छोटो समयमा स्थापित भएको उल्लेख गरे ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले एक हप्ताभित्र प्रतिष्ठानले बागलुङका मगर, कास्कीका तामाङ र भुजेल, गोरखामा बराम र लमजुङमा दुरा भाषाको प्रशिक्षण सुरु गर्ने जानकारी दिए ।
कार्यक्रममा नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, अर्घौ पौवा नेवाः खलका अध्यक्ष प्रकाशलाल श्रेष्ठ, संस्थापक अध्यक्ष चन्द्रगोपाल श्रेष्ठ, संस्थाका कोषाध्यक्ष रेश्मा श्रेष्ठ, ल्याम पुचका अध्यक्ष मधुसुधन जोशी, मिसा पुचका अध्यक्ष संगीता बज्राचार्य, लेखनाथ नेवाः खलका अध्यक्ष भैरवलाल श्रेष्ठ, भीम सेन नेवाः खलका अध्यक्ष लीलबहादुर श्रेष्ठ, लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी पोखरा २७ लेखनाथ उपशाखाका सहसचिव विष्णुकुमारी तिमिल्सिना लगायतले बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया