रविलालको सम्झना

पोखरा ।
पोखराका लेखक, साहित्यकारले शनिबार प्रगतिवादी साहित्यकार प्राडा रविलाल अधिकारीको सम्झना गरेका छन् । गण्डकी साहित्य संगम पोखरा, प्रगतिशील लेखक संघ कास्की, गण्डकी प्रदेश र साहित्य शृंखला पोखराले संयुक्त रुपमा अधिकारीको स्मृति सभा आयोजना गरेका हुन् ।
साहित्यकार भाष्करले रविलालसँगका साढे ४ दशकका स्मृति साटे । रविलालका बालसखा रघुनाथ अधिकारीले उनका आनीबानी र विशेषताबारे प्रकाश पारे ।
गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा यदुनन्दन उपाध्याय, गेहेन्द्रेश्वर कोइराला, यामबहदुर पौडेल, प्राज्ञ हरिदेवी कोइराला, प्राज्ञ पदमराज, नुमराज बराल, लक्ष्मण गौतम, छविलाल अचार्य, साहित्य शृंखलाकी अध्यक्ष लक्ष्मी थापा, प्रलेस गण्डकी प्रदेश अध्यक्ष यादवराज उपाध्याय, साहित्य शृंखलाका उपाध्यक्ष ताराप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।






औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया