आलु महोत्सव आजसम्म

पोखरा ।
हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आलु बिक्री, आलुका परिकार र विविध सांस्कृतिक कार्यक्रम जारी छन् । महोत्सव आइतबारसम्म चल्नेछ ।
समापन समारोहमा कृषक सम्मान, कृषि एम्बुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार वितरण गर्ने तय छ । शनिबार रत्यौली गीत प्रतियोगिता भएको छ । लोकदोहोरीतर्फ प्रिन्स लम्साल, रामजी पौडेल र पारु गुरुङ साथै पपतर्फ अस्मिता अधिकारी, टुकी र डिमोर्चा ब्यान्डले प्रस्तुति राखे ।
आइतबार कलाकारहरु नवीन पौडेल, गगन गुरुङ, परशुराम अधिकारी, वसन्ती थापा र कमला केसीका प्रस्तुति रहने प्रचारप्रसार उपसमिति संयोजक निराजन अधिकारीले जानकारी दिए । शनिबारको कार्यक्रममा प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले हेमजामा खेतीयोग्य जमिन वर्षिनी घट्दै जानु दुखद भएको बताए ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेले दर्शकलाई जानकारी दिने उद्देश्यले विभिन्न ४१ जातमा आलुको प्रदर्शनी गरिरहेको छ ।
त्यहाँ उन्मोचन भएका १० जात, परीक्षणमा रहेका ११ जात, खेतवारीमा लगाइराखिएका उन्मोचोन्मुख ६ जात तथा क्षेत्रीय स्तरका हावापानीमा सुहाउदाँ जातको पनि प्रदर्शन गरिएको निर्देशनालयमा प्राविधिक अधिकृत चन्द्राकान्त तिमिल्सिनाले जानकारी दिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया