‘प्रचण्डका कारण देश अस्थिर’

पोखरा ।
नेकपा (एमाले)को मिसन ग्रासरुट’(पार्टी सुदृढीकरण तथा विस्तार) अभियान २०७९)अन्तर्गत शनिबार पेशागत बुद्धिजीवी भेला भएको छ । पार्टीको बुद्धिजीवी विशेष इलाका कमिटी कास्की, नेपाल बुद्धिजीवी परिषद् कास्की र पेशागत महासंघ नेपाल कास्कीले संयुक्त रुपमा आयोजना गरेको भेलामा नयाँ वर्ष २०८० को अवसरका शुभकामना आदान गरिएको छ ।
पार्टीको केन्द्रीय कमिटी सचिव तथा गण्डकी प्रदेश कमिटीका इन्चार्ज पद्मा अर्यालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको निष्ठा विहीन राजनीतिले मुलुक अस्थिरता धकेलिएको बताइन् । उनले प्रचण्डले एमालेसँगको सहकार्य तोडेपछि बामपन्थी एकता कमजोर भएको टिप्पणी गरिन् ।
‘एमालेले राष्ट्रिय कोर्षलाई बदल्न खोजेकोमा त्यसलाई खण्डित गर्ने काम भएको छ,’ उनले भनिन्, ‘मुलुक अस्थिरतातर्फ धकेलिनु प्रचण्डको निष्ठाविहीन राजनीतिको कारणले हो । जसले मुलुकलाई पछाडि धकेल्ने काम भएको छ ।’ उनले प्रचण्ड माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको आरोप लगाइन् ।
उनले संगठनलाई थप बलशाली बनाउन पार्टीले चलाएको २ महिने अभियान अन्तर्गत कार्यकर्ता भेला तथा अभिमुखीकरण गरिएको जानकारी दिइन् । उनले अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण र विस्तार, पार्टी प्रवेश र टोल बस्ती स्तरमा पार्टी कमिटी गठन पुनर्गठन र सदृढीकरणको योजना बनाएर काम गरेको बताइन् ।
अभियानका क्रममा वैशाखको पहिलो हप्तादेखि उपलब्धि मापन गर्ने उल्लेख गर्दै सचिव अर्यालले ग्रास रुटको यर्थात् अवस्थाको आधारको प्रतिवेदनको आधारमा पार्टीलाई सुधार गर्ने जानकारी दिइन् । ‘पार्टीमा जे नहोस् ठानेको थियो, अहिले त्यही भएको छ,’ उनले भनिन्, ‘यो खराब चिजलाई पार्टीले वेलैमा सच्याउनु पर्छ । नसच्याए समाजवादको गन्तव्य तय गर्न सकिन्न ।’ उनले मिसन ग्रास रुट अभियानले एमालेलाई सुदृढ पार्टी बनाउने दाबी गरिन् ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेकपा (माओवादी केन्द्र)ले प्रधान शत्रु नेपाली कांग्रेसलाई मित्र शक्ति ठानेर सत्ता सहकार्य गरेको बताए ।
माओवादीको वैचारिक तथा सांस्कृतिक विचलनले मुलुक गलत दिशातर्फ गएको आरोप लगाउँदै उनले नेपाली कांग्रेस र माओवादी केन्द्रको सत्ता साझेदारीको अवधिमा नीतिगत भ्रष्टाचार बढी भएकाले पतन वाहेकको विकल्प नभएको चर्चा गरे ।
उनले भूगोल अन्तर्गतका सबै पालिकामा अभियान चल्दा पार्टीको जिल्ला कमिटी कास्कीले बुद्धिजीवी तथा पेशाकर्मीलाई लक्षित गरी कार्यक्रम नचलाएको जानकारी दिए । कास्कीको सन्दर्भमा विशेष व्यवस्था गरेर बुद्धिजीवी पेशाकर्मीबीच पार्टी पुगेको अवस्थालाई बिर्सन नहुने उनले उल्लेख गरे ।
पार्टीको विचार तथा नीति निर्माणमा पेशाकर्मी तथा बुद्धिजीवीको विशेष भूमिका रहेको उल्लेख गर्दै उनले परराष्ट्र नीति तथा विश्व शक्ति सन्तुलनको अवस्थालाई बुझेर पार्टीलाई सुझाव दिन आग्रह गरे ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले पार्टी सुदृढीकरण तथा विस्तार अभियानका लागि अभियान प्रभावकारी बन्ने दाबी गरे । सबै अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गरेर एमाले एकै पटक केन्द्रदेखि मतदाताको घरदैलोसम्म पुगेको उल्लेख गर्दै उनले अभियान नयाँ कुरा नभएर नेता कार्यकर्तासँग र कार्यकर्ता जनतासँग जोडिने जानकारी दिए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया