सिलिंगे सहकारीको वार्षिक कार्ययोजना

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ को कालिकाचोकमा रहेको सिलिंगे कृषि उत्पादक सहकारी संस्थाले आफना वार्षिक कार्ययोजनासहितको भित्रेपात्रो सर्वजनिक गरेको छ ।
नयाँ वर्षको अवसर पारेर संस्थाले शुक्रबार वर्षभरि गरिने करिब ८० प्रतिशत कार्यक्रमको मिति तय गरिएको भित्रेपात्रो सार्वजनिक गरेको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले बितेका वर्षमा भएका कमी कमजोरीहरुलाई हटाउँदै नयाँ वर्ष २०८० सालले हरेक नेपालको अनुहारमा खुसीयाली छाउने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिए ।
सिलिंगे कृषि उत्पादक सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा सदस्य तीर्थ राजभाट, सुदीप ढुंगाना, संस्थाका संस्थापक अध्यक्ष देवेन्द्र रानाभाट, संस्थाका सल्लाहकार कोपिला रानाभाट, कृष्णमोहन भट्टराई र गोमा बञ्जरा लगायतले सहकारीको क्षेत्रमा देखिएका कमी कमजोरीहरुलाई हटाएर आय आर्जनका लागि उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखेका थिए । संस्थाका उपाध्यक्ष यदुनाथ बरालले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन सचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया