युवा संघ उपमहासचिवमा पोखराका महेन्द्र

समाधान संवाददाता २०८० वैशाख ३ गते १६:२६

पोखरा ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट क्षितिक्ष थेवेको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको छ । नेपालगञ्जमा सम्पन्न भएको महाधिवेशनले थेवेको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको हो ।

Advertisement

नयाँ नेतृत्व चयन हुँदा पोखराका महेन्द्र गुरुङले उपमहासचिवको जिम्मेवारी पाएका छन् । गुरुङ यसअघि सचिव थिए । यस्तै, मादी ४ तारकाङका सुवास सापकोटा र पोखरा १७ का वडा सदस्य विक्रम गुरुङ केन्द्रीय सदस्य चुनिएका छन् ।

चैत २७ गतेदेखि नेपालगन्जमा जारी महाधिवेशनले बिहीबार सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

तपाईको प्रतिक्रिया