वृद्धाश्रमलाई सुशान्त टोलको साथ

पोखरा ।
पोखरा १७ मा रहेको सुशान्त टोल सुधार संस्थाले २०७१ सालदेखि हालसम्म विभिन्न वृद्धाश्रमलाई ३३ कुइन्टल चामल हस्तान्तरण गरेको छ ।
टोल विकास संस्थाले आफ्ना सदस्यबाट संकलन गरेको मुठीदान खाद्यान्न पोखरा वृद्धाश्रम सीतापाइला, मानव सेवा आश्रम छोरेपाटन र हेमजा, वेदविद्याश्रम स्याङ्जा काफलटारी, अमोर बाल आश्रम फेदीखोला, वेदविद्याश्रम घाँटीछिना, साथी संसार बागमारा, अपंग महासंघ, लामाचौरको अनाथ आश्रम तथा असाहय व्यक्ति लगायतलाई प्रदान गर्दै आएको छ ।
२०८० को नयाँ वर्षको उपलक्ष्यमा एकै दिन नगद ३६ हजार ५ सयका साथमा चामल, दाल, तेल, नून, आलु आटा, चिनि लगाएतका खाद्य सामाग्री प्रदान गरिएको थियो । जसमा १ सय २५ केजी चामल, ५ केजी दाल, ५ र आधा लिटर तेल, ३६ केजी नून, २० केजी आलु, २ केजी आटा र १ केजी चिनी टोलवासीले संकलन गरेका थिए ।
हरेक ३ महिनामा उक्त संकलन भएको मुठीदानमा रकम पनि थप गरी वृद्धाश्रमलाई प्रदान गर्दै आएको संस्थाका अध्यक्ष मीनबहादुर रानाभाटले बताए । यस पुण्यकार्यमा सुशान्त आमा समूह र सुशान्त क्लबका सदस्यको सहभागितासमेत रहेको उनले बताए ।
खाद्यन्न वृद्धाश्रम वा त्यस्तै प्रकृतिका संस्थालाई सहयोग गरिँदै आएको छ भने नगद संस्थाले स्थापना गरेको अक्षयकोषमा जम्मा गरिन्छ ।
टोल सुधार संस्थाले दैनिक १ रुपैयाँको दरले वार्षिक ३ सय ६५ रुपैयाँ प्रतिघरबाट संकलन गर्दा ९ वर्षसम्ममा ३ लाखभन्दा बढी अक्षयकोषमा रकम जम्मा भएको छ । उक्त रकमको ब्याजबाट खाद्य बैंक स्थापना गरी समस्यामा परेकालाई खाद्यन्न सहयोग गर्ने गरिएको छ ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया