एमालेले बाँड्यो स्टेसनरी

समाधान संवाददाता २०८० वैशाख ३ गते १७:००

पोखरा ।
नेकपा (एमाले) वडा कमिटी पोखरा ३३ ले शनिबार मिसन ग्रासरूट अन्तर्गत स्टेसनरी सामग्री वितरण गरेको छ । उक्त वडाको तोरीपेल्ने चौतारामा अवस्थित जनज्योति आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान गरिएको हो ।

Advertisement

सामग्री एमाले प्रदेश कमिटी सचिवालय सदस्य टीकाराम पगेनीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य शिवप्रसाद आचार्य, एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपाने, जिल्ला कमिटी सदस्य कुलबहादुर रानाभाट, महानगर कमिटी सदस्य नरेन्द्र भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुष्पराज अधिकारी र नारायण आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वडा कमिटी अध्यक्ष दीपकराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव रमेशराज आचार्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया