मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत लिन सांसदहरुकाे सुझाव

पोखरा ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीलाई एमालेका सांसदले विश्वासको मत लिन सुझाव दिएका छन् । आइतबार राती संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफलका लागि मुख्यमन्त्री अधिकारीले ‘डिनर मिटिङ’ राखेका थिए ।
छलफलमा पार्टीका सांसदहरूले मुख्यमन्त्री अधिकारीलाई प्रक्रिया पूरा गर्न सुझाएको एक एमाले सांसदले जानकारी दिए । ‘मुख्यमन्त्री राजीनामा दिने मुडमा देखिनुभएको छ, मिटिङमा प्रक्रिया पूरा गरेर जाऊँ भन्ने छलफल भएको छ, पार्टी नेतृत्वसँग छलफल गरेर अगाडि बढ्ने तयारी भएको छ,’ उनले भने ।
प्रदेश सभाको बैठक वैशाख ९ गते दिउँसो ३ बजे बस्दै छ । माओवादी केन्द्रले नेकपा एमाले नेता खगराज अधिकारीको सरकारलाई दिएको समर्थन चैत १० गते नै फिर्ता लिइसकेको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा २२ सांसद रहेको एमालेका नेता अधिकारी अल्पमतमा परिसकेका छन् ।
मुख्यमन्त्री अधिकारीसँग २ विकल्प छन् एउटा राजीनामा दिने, अर्को प्रदेश सभामार्फत विश्वासको मत लिने । यस्तो अवस्थामा वैशाख १० भित्र ती दुई विकल्पमध्ये १ रोज्नुपर्ने बाध्यता मुख्यमन्त्री अधिकारीसँग छ ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया