पोखरा १३ मा पुरुषको शव फेला

समाधान संवाददाता २०८० वैशाख ४ गते १२:३१

पोखरा ।

Advertisement

पोखरा १३ कुँडहरमा पुरुषको शव भेटिएको छ । सेती नदीको नहरमा परिचय नखुलेको अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

शवलाई नहरबाट निकालेर पोष्टर्माटको लागि अस्पताल लागिएको र मृत्युको कारण र कहिले मृत्यु भएको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

स्थानीयले नहरमा शव तैरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया