गोरखा मिलन समाजको शुभकामना
पोखरा ।
गोरखा मिलन समाज पोखराले नयाँ वर्ष २०८० सालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
समाजले वैशाख २ गते शनिबार कार्यक्रम गरेको हो । समाजकी अध्यक्ष कोपिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभाकी सदस्य सुशीला सिंखडाले गोरखाबाट पोखरा आएर पनि गोर्खालीले समग्र क्षेत्रमा गर्विलो उपस्थिति देखाएको बताइन् ।
ताल तथा विकास प्राधिकरण, गण्डकी प्रदेश का प्रमुख डा कल्पना देवकोटाले गोरखाली बिचको आपसी सद्भाव र आत्मीयता अद्वितीय रहेको विचार राखिन् । अध्यक्ष कोपिला श्रेष्ठले नयाँ कार्यसमिति आएदेखि हरेक महिना न्यूनतम एउटा महत्वपूर्ण कार्यक्रम गर्दै आएको जानकारी गराइन् । कार्यक्रम संयोजन समाजका कार्यसमिति सदस्य काजी गाउँलेले गरेका थिए ।
स्वागत मन्तब्य उपाध्यक्ष अग्रिम श्रेष्ठले राखेका थिए । कार्यक्रम सञ्चालन समाजका महासचिव क्याप्टेन सन्तबहादुर लामिछानेले गरेका थिए ।
तपाईको प्रतिक्रिया