बराल बने गुप्तेश्वर क्याम्पस प्रमुख

पोखरा ।
पोखरा १७ मा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा धर्मराज बराज नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको चैत २७ गतेको बैठकले बराललाई प्रमुख नियुक्त गरेको हो ।
आइतबार क्याम्पसमा आयोजित समारोहमा बराललाई क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीराम सुुवेदी लगायतले पदस्थापन गराएका छन् ।
कार्यक्रममा समितिका अध्यक्ष श्रीराम सुवेदी, निमित्त क्याम्पस प्रमुख राजकुमार सुवेदी, पोखरा १७ का पूर्व वडाध्यक्ष तीर्थराज अधिकारी लगायतले बोलेका थिए । यसअघि १ कार्यकाल बराल क्याम्पस प्रमुख भइसकेका थिए । बीचको ९ महिना भने निमित्त क्याम्पस प्रमुखले कार्य सञ्चालन गरेका थिए ।
क्याम्पस प्रमुखको कार्यकाल ४ वर्षको छ । बराल प्रमुख रहेकै बेला गुप्तेश्वरले विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्रमाणपत्र पाएको थियो । विसं. २०६८ बाट गुप्तेश्वरमा सम्बद्ध बराल अर्थतन्त्रका प्राध्यापक हुन् । धर्मराज नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय लेखा आयोगका सदस्यसमेत हुन् ।
गुप्तेश्वर क्याम्पसमा स्नातकोत्तरमा एमबिएस र स्नातक तहमा बिबिएस, बिएड, बिएचएम र बिआइएम पढाइ हुने प्रशासन प्रमुख ऋषि बरालले जानकारी दिए । यो क्याम्पसमा अहिले करिब १ हजार विद्यार्थी छन् ।
तपाईको प्रतिक्रिया