प्रदेश खेलकुद परिषद टोली भ्रमणमा

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकीको टोली अन्तर प्रदेश भ्रमणमा निस्किएको छ । ५ दिनको भ्रमणका लागि परिषदको टोली आइतबार पोखराबाट हिंडेको हो । टोलीले लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको भ्रमण गर्ने परिषदका कार्यालय प्रमुख टोपलाल भुसालले जानकारी दिए ।
परिषदका सदस्य सचिव घनश्याम पौडेलको नेतृत्वमा भ्रमणमा हिंडेको टोलीले अन्तर प्रदेशमा भइरहेका खेलकुद गतिविधि, पूर्वाधार निर्माण लगायतका विषयमा जानकारी लिने सँगै तिनै प्रदेशका खेलकुद मन्त्री, सदस्य सचिवहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।
‘परिषद गठनपछि हामी पहिलो पटक अन्तर प्रदेश भ्रमणमा निस्किएका हौं,’ परिषदका सदस्य तथा भ्रमण टोलीका संयोजक गिरमान गुरुङले भने, ‘यो भ्रमणले प्रदेश खेलकुदहरुसँग सम्बन्ध विस्तार सँगै अनुभव आदानप्रदान गर्न.समेत सहयोग मिल्नेछ ।’
भ्रमण टोलीमा परिषदका कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ र ऋषिराम गौतम, परिषदका सदस्यहरु योगेन्द्र शेरचन, बासु बराल, चन्द्रा घले गुरुङ र विष्णुमाया गुरुङ, जिल्ला खेलकुदका अध्यक्षहरु तोरण बानियाँ, शान्तसिंह बस्नेत र सेतबहादुर पुन र लेखा प्रमुख नीलकण्ठ ढकाल छन् ।
तपाईको प्रतिक्रिया