प्रोग्रेसिभमा क्युआरबाट भुक्तानी

पोखरा ।
प्रोग्रेसिभ फाइनान्स लिमिटेडले आइतबारदेखि क्युआर भुक्तानी टेलर सेवा सुरु गरेको छ । यसबाट ग्राहकलाई साना साना रकम झिक्न पनि चेक बुक तथा डेबिट कार्ड प्रयोग गर्नुपर्ने झन्झट रोकिनेछ ।
यो सेवा लिनका निम्ति मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले संस्थाका कुनै पनि शाखा वा विस्तारित काउन्टर कार्यालयमा गई क्युआर स्क्यान गरेर रकम भुक्तानी प्राप्त गर्न सक्ने व्यवस्था छ । यसको भुक्तानी सीमा भने मोबाइल बैंकिङको भुक्तानी सीमा अनुरुपकै रहनेछ ।
नयाँ वर्ष सुरुवातसँगै नयाँ सेवा प्रवाह गरेको फाइनान्सका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रमोद भट्टराईले बताए । उनले क्युआर भुक्तानी सेवा प्रयोग गरी सुरक्षित र भरपर्दो विद्युतीय बैंकिङ कारोबार गर्न ग्राहकलाई अनुरोध गरेका छन् ।
एटिएम, मोबाइल बैंकिङ, इबैंकिङ, आइपिएस, कनेक्ट आइपिएस, क्युआर पेमेन्ट, सिआस्वा, डिम्याट लगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैकिङ तथा रेमिटान्स सेवा यसमा उपलब्ध छन् । प्रोग्रेसिभले हाल २२ शाखा तथा ४ वटा विस्तारित काउन्टरबाट सेवा दिइरहेको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया