कृस्ती–पौवेगौंडे पक्की सडक

पोखरा ।
गण्डकी प्रदेश सभाको एक निर्वाचन क्षेत्र, एक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पोखरा २१ दोपहरे–कृस्ति–माझगाऊ–बक्रेक–पौवैगौंडे सडक निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकारले सुरुवात गरेको कार्यक्रम अन्तर्गत बनेको सडकको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार उद्घाटन गरे । कास्की क्षेत्र नम्बर २(१)का तत्कालीन प्रदेश सभा सदस्य कृष्ण थापाले यो योजना चयन गरेका थिए ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालयको स्वीकृत वार्षिक बजटेबाट आर्थिक वर्ष २०७९ ÷८० मा सडकको निर्माण सम्पन्न भएको हो ।
कार्यालयका प्रमुख डा महेन्द्र बानियाँका अनुसार २४ करोड ८९ लाख ४७ हजार ७ सय १८ रुपैयाँ लागतमा बनेको सडकको १२ दशमलव ३ किलोमिटर लामो छ । उनले २०७६ वैशाख १३ गते सम्झौता भएको सडक २०७९ साउन ५ गते निर्माण सम्पन्न भएको जानकारी दिए ।
रमन/भिमेश्वर जेभी नामक निर्माण कम्पनीले यो सडक बनाएको हो । गण्डकी प्रदेश सभाका पूर्व सदस्य कृष्ण थापाले दोपहरे कृस्ति माझगाऊ बक्रेक पौवैगौंडे सडकलाई सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गका रुपमा लिइएको बताए । गण्डकी प्रदेश सभाका सदस्य भीम कार्कीले सडकले पोखराको दक्षिणी क्षेत्रका जनता लाभान्वित हुने जनाए ।
गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र, एक पूर्वाधार कार्यक्रम अन्तर्गत कास्की जिल्लामा ६ योजना छन् । ती योजनामध्ये निर्माण सम्पन्न भएको योे सडक दोस्रो योजना हो । यसअघि रुपा रिङरोड उद्घाटन भएको थियो । सो कार्यक्रम अन्तर्गत वीरेठाँटी घान्दु्रक सडकको निर्माण कार्य पूरा भएको कार्यालय प्रमुख डा बानियाँले जानकारी दिए ।
काहुँखोला दुधपोखरी सिक्लेस सडकको पहिलो खण्डको काम सकिएको छ । भलाम हरिहर गुफा तथा मेयलबोट मर्दी बानेटाकुरा लाहाचोक सडक योजना निर्माण सम्पन्न हुने चरणमा रहेको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया