मिर्सा पुगे हाइकर्स

पोखरा ।
हरेक महिनाको अन्तिम शनिबार हुने हाइकिङको ३३ औं शृंखला कास्कीको पर्यटकीय गाउँ मिर्सामा भएको छ । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने उद्घोषका साथ हाइकिङ सञ्चालन हुँदै आएको छ ।
कास्की जिल्ला भित्र सामुदायिक होमस्टे सञ्चालन गरेका कालाबाङ घरेडी सामुदायकि होमस्टेका अध्यक्ष यामबहादुर गुरुङ, अर्मलाकोट सामुदायिक होमस्टेका अध्यक्ष बबिता गुरुङ, सचिव झलश्री गुरुङ पहिलो पटक हाइकिङमा सहभागी भएका थिए ।
उनीहरुले हाइकिङले होमस्टेको प्रवद्र्धनमा सहयोग पुग्ने जनाए ।
हाइकिङ गर्न रुचाउने १० वर्ष देखि ६५ वर्षसम्मका विद्यार्थी, व्यवसायी, समाजसेवी, पत्रकार, वैदेशिक रोजगारबाट फर्किएका, पर्यटन व्यवसायी, शिक्षासेवी लगायत ३२ जना यसमा सहभागी बने ।
गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) गण्डकी संस्थापक अध्यक्ष तारानाथ पहारी र पूर्व अध्यक्ष रवीन्द्रराज पौडेले हाइकिङलाई ग्रामीण पर्यटनसँग जोड्न सकेमा मात्रै नेपालको पर्यटन विकास हुने बताएका छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया