नयन सहकारीको स्थापना दिवसमा रक्तदान

समाधान संवाददाता २०८० वैशाख ४ गते १५:५३

लेखनाथ ।
नयन बचत तथा ऋण सहकारी पोखरा २६ ले ११ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजना गरेको रक्तदानमा ३९ जनाले रगत दान गरेका छन् । पोखरा १० को अमरसिंहचोकमा रहेको सेवा केन्द्रमा भएको कार्यक्रममा भित्रेपात्रोसमेत सार्वजनिक गरिएको छ ।

Advertisement

पहिलो रत्तदाता संस्थाका सहसचिव सोभामोहन सुवेदीलाई ब्लड ब्याग दिएर जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्रा कोइरालाले रक्तदान सुरु गरिन् । सहकारीले स्थानीय रुपमा छरिएर रहेको पुँजी एकीकृत गर्दै सेयर सदस्यको आयआर्जनमा सघाउ पुग्ने खालका कार्यक्रम ल्याउनुपर्ने सुझाव उनले दिइन् ।

संस्थाका अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा अर्घौ कृषि सहकारीकी उपाध्यक्ष पार्वती भट्टराई, अर्घौ बजार व्यवस्थापन समिति उपाध्यक्ष बेलप्रसाद सापकोटा, संस्थाका सचिव शिवहरि सुवेदी, कार्यक्रम संयोजक यामनारायण श्रेष्ठ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया