पञ्चासेमा सुनाखरी पदयात्रा

पोखरा ।
पर्यटकलाई निम्ताे दिँदै पञ्चासे सुनाखरी पदयात्राको सन्देशमुलक कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई पञ्चासे अवलोकन र पदयात्राका लागि आह्वान गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको आयोजना पञ्चासे इको टुरिजमले गरेको थियो ।
पञ्चासे क्षेत्र पर्यापर्यटन, पर्यावरण विचरण, ग्रामीण पर्यटन र अध्ययनरअनुसन्धानका लागि समेत उपयुक्त गन्तव्य रहेको सन्देश दिँदै धेरैलाई पञ्चासे क्षेत्रमा पदमार्ग पर्यटनका निम्ति आह्वान गर्नु कार्यक्रमको मूल उद्धेश्य रहेको आयोजक पञ्चासे ईको टुरिजम प्रालिका अध्यक्ष नवराज पौडेलले बताए।
अन्नपूर्ण गाउँपालिका ४ भदौरे देउरालीबाट सुरुवात भएको कार्यक्रम पैदल पदयात्रा हुँदै पञ्चासे टाँडीबिसौनी भन्ने ठाउँमा पुगेर औपचारिकतामा प्रवेश गरेको थियो । सोही समारोहमा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पञ्चासे जैविक विविधता पार्कको समुद्घाटन समेत गरिएको थियो। पदयात्रा र पार्कको उद्घाटन अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले गरेका थिए ।
अन्नपूर्ण गाउँपालिका ४ का वडाध्यक्ष आईन्दल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रदेश वन निर्देशक रामकाजी श्रेष्ठ, पोखरा २३ का वडाध्यक्ष रामकाजी गुरुङ, अन्नपूर्ण गाउँपालिका २ का वडाध्यक्ष पिताम्बर भण्डारी, ५ का वडाध्यक्ष जीवनाथ पौडेल, समाजसेवी सुन्दर गुरुङ, लक्ष्मी पौडेल, आशबहादुर गुरुङ, रुपेश गुरुङ, हिरालाल गुरुङ, सहायक बन अधिकृत तिलकबहादुर थापा, सञ्चारकर्मी राजु गिरी, बहादुरे माविका प्रधानाध्यापक रामप्रसाद पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
साँस्कृतिक भेषभुषामा सजिएर सैयौँको संख्यामा उपस्थित स्थानीय र आगन्तुक पाहुनाहरुको लाबालस्कर पदयात्रामा निस्कदा ईन्द्रेणी रंगझै पञ्चासे सुनाखरी पदमार्ग रंगिएको थियो ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीले पञ्चासे पदमार्ग विकास र पर्यापर्यटन प्रवर्द्धनमा सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सोही अवसरमा प्रदेश वन निर्देशक रामकाजी श्रेष्ठले पञ्चासेको पदमार्ग पर्यटन र पर्यावरण संरक्षण अभियानलाई सँगसँगै लैजान सके यो क्षेत्र शान्त पर्यटनको महत्त्वपूर्ण उद्गम केन्द्रका रुपमा विकास हुने भन्दै जैविक विविधता संरक्षणमा लाग्न आह्वान गरेका थिए ।
पदयात्रा र पार्कको उद्घाटनसहित सोअवसरमा नेपाल मेडिकल स्टुडेन्ट एशोसियसनको आयोजनामा पञ्चासे स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियोभने पञ्चासे ईको टुरिजम द्वारा सञ्चालित पञ्चासे टेन्ट क्याम्प (सानो घर) को पनि सुभारम्भ गरिएको थियो ।
कार्यक्रमले पञ्चासे एकपटक होइन पटकपटक र पर्यटनका अनेक आयामका लागि पुग्नुपर्ने गन्तव्यस्थल रहेको सन्देश दिन सफल रहेको आयोजकले जनाएको छ ।
आयोजक संस्था पञ्चासे ईको टुरिजम प्रालिले विगत केही वर्षदेखि पञ्चासेको पर्यटन विकास ,प्रवर्द्धन र पर्यावरण संरक्षणमा काम गर्दै आईरहेको पञ्चासे ईको टुरिजम प्रालिका अध्यक्ष तथा पञ्चासे क्षेत्र विकास समितिका प्रवक्ता नवराज पौडेलले बताए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया