तनहुँमा करेन्ट लागेर घाइते भएका शिक्षकको मृत्यु

राष्ट्रिय समाचार समिति (रासस) २०८० वैशाख ४ गते १६:४६

दमौली ।
तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको साेमबार मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । पार्वती आधारभूत विद्यालयमा भर्खरै नियुक्त भएका शिक्षक रोकाया विद्यालयबाट फर्किदै गर्दा कोलडाँडामा लत्रिएको लाइनको तारमा मोटरसाइकल छोइएको थियो ।

घाइते राेकायाको पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का मोटरसाइकल चालक मध्यनेपाल नगरपालिका–७ करापुरटार बस्ने ५० वर्षीय तीर्थ घिमिरेको पोखरामा उपचार भइरहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया