
जोमसोम ।
मुस्ताङमा १५ जना व्यक्तिमा कोरोना संक्रमण देखा परेको छ । पछिल्लो कोरोना संक्रमित मध्ये हालसम्म ४ जना निको भईसकेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङमा चैत्रदेखि हालसम्ममा एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका ल्याव टेक्निसीयन निरीक्षक एवं माहामारी रोग नियन्त्रक कार्यक्रमका फोकल पर्सन अनन्त न्यौपानेले जानकारी दिए । कोरोना संक्रमित मुस्ताङको थासाङ ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्रका रहेको उनले बताए ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा कोरोना परीक्षण गर्दा १ महिला र १ पुरुषमा कोरोना पोजिेटिभ देखिएको हो । यसैगरी थासाङ गाउँपालिकामा ७ जना कोरोना संक्रमित मध्ये ३ जना निको भईसकेका भने घरपझोङ गाउँपालिकामा ६ जना कोरोना संक्रमित मध्ये १ जना निको भईसकेको स्वास्थ्य कार्यालयका ल्याव टेक्निसीयन एवं माहामारी रोग नियन्त्रक फोकल पर्सन न्यौपानेले उल्लेख गरे ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया