माछापुच्छ्रेमा विदेशबाट फर्केकाहरु संगठित

कास्की ।
वैदेशिक रोजगारीमा गएर फर्किएका माछापुच्छ्रे गाउँपालिकाका बासिन्दा संगठित भएका छन् । दुर्गाबहादुर गुरुङको अध्यक्षतामा गठन गरिएको समितिमा ११ जना सदस्य छन् ।
समितिका अध्यक्ष तथा सदस्यहरुलाई सामी कार्यक्रम कास्कीका कार्यक्रम संयोजक कुम गुरुङले अबिर तथा गापा अध्यक्ष मीनबहादुर गुरुङले खादा ओढाएर बधाइ ज्ञापन गरे । कार्यक्रमा बोल्दै अध्यक्ष गुरुङले वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा सबैको चासो र पहल आवश्यक रहेको औंल्याए ।
वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा उपलब्धीमूलक बनाउनुपर्ने खाँचो औंल्याए । वैदेशिक रोजगारमा हुने ठगी, श्रम शोषण, महिला हिंसा, वैदेशिक रोजगारका नाममा हुने बेचबिखन न्यूनीकरण गर्नुपर्ने उनको विचार छ ।
कार्यक्रमा बोल्दै अध्यक्ष गुरुङले वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा सबैको चासो र पहल आवश्यक रहेको र विदेशमा नै काम गरेर फर्केर आएकाहरुलाई यो विषयमा अझै बढी ज्ञान हुने भएकाले आफ्नो भूमिका सही तरिकाले निर्वाह गर्न आग्रह गरे ।
वैदेशिक रोजगार सँग सम्बन्धित केही समस्या वा जिज्ञासा आएमा पालिका त्यसको सहजीकरणमा आफ्नो सीमाभित्र रहेर सबै खाले सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
यस्तै खालको सञ्जाल यसअघि मादीमा गठन भइसकेको र अव छिट्टै अन्नपूर्ण गापा तथा पोखरा महानगरमा गठन गर्ने तयारी रहेको कास्की कार्यक्रम संयोजक कुम गुरुङले जानकारी दिए ।
तपाईको प्रतिक्रिया