मुस्ताङका ५ स्थानीय तहको बेरुजु ७ करोड ५९ लाख

जोमसोम–महालेखा परीक्षकको कार्यालय (मलेप)ले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदनमा मुस्ताङको ५ स्थानीय तहको बेरुजु रकम ७ करोड ५९ लाख ६९ हजार रहेको पाईएको छ ।आर्थिक वर्ष २०७७–०७८ मा मुस्ताङका ५ तहको बेरुजु रकम ५ करोड ८० लाख ११ हजार रहेकोमा १ करोड ८९ लाख बेरुजु थपिएको हो ।
महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन अनुसार मुस्ताङको लोमान्थाङ थासाङ र वारागुङ मुक्तिक्षेत्र गाउँ पालिकाले बेरुजु प्रतिशत घटाएका छन् भने अन्य पालिकाको बेरुजु प्रतिशत वृद्धि भएको देखिएको छ । मलेप प्रतिवेदन अनुसार मुस्ताङको लोमान्थाङ गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को भन्दा ४ लाख ४० हजार अर्थात शून्य दशमलव ७ प्रतिशत बेरुजु घटाएको हो ।लोमान्थाङको बेरुजु ९ लाख ७२ हजार छ ।
वारागुङको बेरुजु प्रतिशत २ दशमलव ९५ प्रतिशतबाट २ दशमलव १२ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष १ करोड ५४ लाख ५८ हजार बेरुजु रहेकोमा हाल १ करोड २५ लाख ६७ हजारमा झरेको हो । वारागुङले करिव २९ लाख अर्थात शून्य दशमलव ८३ प्रतिशत बेरुजु रकम घटाएको हो ।
थासाङ गाउँपालिकाले पनि बेरुजु प्रतिशत घटाएको छ । थासाङले अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ८२ प्रतिशत बेरुजु कम गरेको छ । थासाङको अघिल्लो वर्ष २ करोड ६ लाख बेरुजु रहेकोमा १ करोड ५७ लाख बेरुजु कायम गरेको छ । थासाङले ५१ लाख अर्थात शून्य दशमलव ८२ प्रतिशत बेरुजु कम गरेको हो ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाको बेरुजु अघिल्लो वर्षको तुलनामा बढेको छ ।आर्थिक वर्ष २०७७÷०७८ मा लोघेकर दामोदरकुण्डको बेरुजु रकम २४ लाख १० हजार अर्थात शून्य दशमलव ४९ प्रतिशत बेरुजु रहेकोमा आर्थिक वर्ष २०७८÷०७९ को (मलेप)े प्रतिवेदनमा १ करोड २५ लाख ७१ हजार अर्थात २ दशमलव १२ प्रतिशत बेरुजु पुगेको छ ।लोघेकरमा अघिल्लो वर्ष भन्दा थप १ करोड १ लाख अर्थात १ दशमलव १३ प्रतिशत बेरुजु बढेको देखिन्छ ।
यसैगरी मुस्ताङको घरपझोङ गाउँपालिको बेरुजु पनि अघिल्लो वर्षको तुलनामा दोब्बर प्रतिशत बेरुजु वृद्धि भएको मलेप प्रतिवेदनमा उल्लेख छ । घरपझोङको बेरुजु अघिल्लो वर्ष १ करोड ८२ लाख अर्थात २ दशमलव ३४ प्रतिशत रहेकोमा हाल २ करोड ९६ लाख अर्थात ४ दशमलव ५८ प्रतिशतमा पुगेको मलेप प्रतिवेदनमा देखिन्छ ।¬
मुस्ताङका ५ स्थानीय तह मध्ये ३ स्थानीय तहको बेरुजु प्रतिशत घटेको छ भने २ स्थानीय तहको बेरुजु प्रतिशत वृद्धि भएको हो ।
मलेपले सार्वजिक गरेको आर्थिक वर्ष २०७७÷०७८ को प्रतिवेदनमा मनाङको नार्पाभूमि गाउँपालिका पहिला ेर मुस्ताङको लोमान्थाङ गाउँपालिका प्रदेशकै दोश्रो कम बेरुजु रहेको पालिकाको सुचिमा परेका थिए ।
मलेपको पछिल्लो वार्षिक प्रतिवेदनमा लामोन्थाङ प्रदेशकै पहिलो कम बेरुजु रहेको पालिकामा परेको छ भने मनाङको नार्पाभूमि गाउँपालिकाको बेरुजु बढेको छ । नार्पाभूमि गाउँपालिकाको अघिल्लो वर्षको बेरुजु ७ लाख २८ अर्थात शून्य दशमलव २५ प्रतिशत रहेकोमा अहिले ७४ लाख ७२ हजार अर्थात १ दशमलव ५ प्रतिशतमा पुगेको हो ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया