खानेपानी नियमित गर्न माग

पोखरा ।
होटल संघ पोखरा नेपालले पर्यटकीय क्षेत्र बैदाममा खानेपानी अभाव सुल्झाउन नेपाल खानेपानी संस्थानसँग आग्रह गरेको छ ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा हालै संस्थानको पोखरा कार्यालयमा पुगेको व्यवसायीको टोलीले त्यस्तो आग्रह गरेको हो ।
धारामा पानी नआउने र आए पनि नियमित नआउने गरेको विषय अवगत गराउन व्यवसायी संस्थानमा पुगेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । खानेपानी समस्याले समग्र बैदामबासी पीडित भएको भन्दै अध्यक्ष सुवेदीले पानीको समस्या समाधानका लागि गम्भीर बन्न संस्थानसँग माग गरिएको बताए ।
पर्यटकीय सिजन चल्दै गर्दा बैदाम क्षेत्रमा खानेपानी अभाव भएपछि व्यवसाय नै प्रभावित भएको गुनासो संघको छ । अन्य अवस्थामा समेत खानेपानी आधारभूत र अत्यावश्यक वस्तु भएको स्मरण गराउँदै संघले पानी आपूर्ति नियमित र सुचारु गर्न संस्थानसँग माग गरेको हो ।
सामान्य नागरिक र व्यवसायी सबैका लागि खानेपानी उत्तिकै आवश्यकता र महत्वको वस्तु भएको जनाउँदै संघले बिल नियमित तिर्नुपर्ने तर धारामा पानी नआउँदा उपभोक्ता पीडित बन्नु परेको जनाएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ५ अर्ब रुपैयाँ अनुदान सहयोगमा पोखरा खानेपानी सुधार आयोजनाको काम विसं २०७६ देखि सुरु गरिए पनि आयोजनाले अझै पूर्णता पाउन सकेको छैन ।
विसं २०७६ जेठमा आयोजनाको शिलान्यास गरेर ३ वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित कामअघि बढे पनि कोभिड १९ का कारण काम प्रभावित हुन पुगेको थियो ।









तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
ट्रेल रनिङ प्रतियोगितामा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई उपाधि
एनप्याब्सन क्रिकेटमा ५ खेल
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया