माक्र्सवादी ज्ञान केन्द्रको कार्यशाला

समाधान संवाददाता २०८० वैशाख ५ गते १०:५८

पोखरा ।
माक्र्सवादी ज्ञान केन्द्रले संस्कृतिक सम्पदालाई आयआर्जनसँग जोड्ने उद्देश्यले कार्यशाला आयोजना गरेको छ ।

Advertisement

कार्यशालामा मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदालाई आयआर्जनसँग जोड्न खोज तथा अनुसन्धान गर्ने तकनिकीबारे सहजीकरण गरिएको थियो । ४३ जना सहभागी रहेको कार्यक्रममा कार्यक्रम संयोजक डा निमानन्द रिजाल र विशेश्वर कट्टेलले सहजीकरण गरेका थिए ।

त्यस्ता विषयमा अन्वेषणका लागि सहभागीलाई फारम समेत उपलब्ध गराइएको थियो । सो उक्त कार्यक्रमलाई व्यवस्थित बनाउन सहभागीको तर्फबाट तारा बराल सभापति, सविना प्रजा– प्रतिवेदक, शालिग्राम देवकोटा व्यवस्थापक, दीपक बराल समय सचेतक र दुर्गा भुजेलले अनुशासन पालकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा माक्र्सवादी ज्ञान केन्द्रका केन्द्रीय सदस्य तथा केन्द्रका गण्डकी प्रदेश अध्यक्ष भीम सुवेदी, ज्ञान केन्द्रका वरिष्ठ उपाध्यक्ष विशेश्वर कट्टेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया