अन्नपूर्ण हिमालमा भारतीय आरोही बेपत्ता
समाधान संवाददाता
२०८० वैशाख ५ गते ११:२०

पोखरा ।
अन्नपूर्ण हिमालमा भारतको राजस्थानका अनुराग मालु सोमबार बिहानदेखि बेपत्ता भएका छन् ।अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविरबाट ओर्लने क्रममा ३४ वर्षीय भारतीय आरोही बेपत्ता भएका हुन् ।
मालू बेपत्ता भएको केही समयपछि नै उनको खोजी सुरु गरिएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए । सोमबार साँझसम्म केही सुचना प्राप्त नभएको शेर्पाले भने । मालु सेभेन समिट ट्रेक्समार्फत अन्नपूर्ण आरोहणका लागि गएका थिए ।
संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूबारे चेतना जगाउन मालू ८,००० मिटरभन्दा माथिका सबै १४ चुचुराहरू र सातवटा शिखरहरू आरोहण गर्ने अभियानका लागी नेपाल आएका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया