५२ युनिट रगत संकलन

समाधान संवाददाता २०८० वैशाख ५ गते १२:१९

पोखरा ।
युनाइटेड क्लबले आयोजना गरेको खुला रक्तदानमा ५२ युनिट रगत संकलन भएको छ । क्लबले १३ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत सोमबार रक्तदान आयोजना गरेको हो ।

Advertisement

पहिलो रक्तदाता कृष्णप्रसाद गौतमलाई पोखरा १० का अध्यक्ष राजेश गुरुङले ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरे । उनले युनाइटेड क्लबले गरेका सामाजिक कामको अन्य संघ, संस्थाले सिको गर्नुपर्नेमा जोड दिए ।

वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक माधव केसीले पछिल्लो समय दुर्घटना बढिरहँदा अस्पतालमा रगतको अभाव हुने गरेकाले रक्तदानको महत्व थप बढेको सुनाए ।

क्लब अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, सल्लाहकार गोविन्द घिमिरे, सचिव पूर्णकला पोख्रेल र कार्यक्रम संयोजक जयराम आचार्यले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया