मस्तिस्क पक्षघात भएका बालबालिकाका अभिभावकलाई खाद्यान्न सहयाेग

समाधान संवाददाता २०८० वैशाख ५ गते १३:४९

पोखरा ।
युनाइटेड क्लबले सेरेब्रल पाल्सी एवं विकासक्रम ढिलाइ भएका बालबालिकालाई लक्ष्य गरी खाद्यान्न वितरण गरेको छ ।

Advertisement

मस्तिस्क पक्षघात भई विकास क्रम ढिलाइ भएका बालवालिकाहरुको क्षेत्रमा काम गर्दै आइरहेको साथी संसार नेपालमा आवद्ध २० जना अभिभावकलाई युनाइटेड क्लबले खाद्यान्न वितरण गरेको हो ।

क्लबले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत पोखरा ३३ मा रहेको साथी संसार नेपालको कार्यालयमा पुगी उक्त संस्थामा आवद्ध २० जना मस्तिस्क पक्षघात भइ विकास क्रम ढिलाइ भएका बालबालिकाका अभिभावकहरुलाई खाद्यान्न सामग्री वितरण गरेको हो ।

उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरणबहादुर बानियाँले अपांगता भएका व्यक्तिहरुमा पनि सबैभन्दा पछाडि परेका सेरेब्रल पाल्सी एवं विकासक्रम ढिलाइ भएका बालबालिकालाई लक्ष्य गरी उनीहरुका अभिभावकहरुलाई खाद्यान्न सामग्री वितरण गरेकोमा क्लब परिवारलाई धन्यवाद व्यक्त गरे ।

साथी संसार नेपालका कार्यक्रम व्यवस्थापक नारायण अधिकारीले १७ वर्षदेखि मस्तिस्क पक्षघात भएका बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको जानकारी दिए । उनले हालसम्म सरकारी पक्षबाट कुनै पनि सहयोग नभइरहेको पनि सुनाए । युनाइटेड क्लबलाई अधिकारीले धन्यवाद ज्ञापन गरे ।

Advertisement

साथी संसार नेपालमा आएपछि बालवालिकाहरु कतिपय नियमित विद्यालय जान सक्ने भएको, हिँडडुल गर्न सक्ने भएको पनि अधिकारीले सुनाए । साथी संसार नेपालमा आवद्ध ३० जना विद्यार्थीहरु विभिन्न विद्यालयमा अध्ययनरत रहेको र हालमात्रै २ जना विद्यार्थीले एसइइमा समेत सहभागिता जनाएको समेत अधिकारीले बताए ।

युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले साथी संसार नेपालसँग जोडिने मौका पाएकोमा खुसी व्यक्त गरे ।

क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए ।

तपाईको प्रतिक्रिया