एसईइ दिएका विद्यार्थीलाई पोखरा १३ ले निशुल्क तालिम दिने
समाधान संवाददाता
२०८० वैशाख ५ गते १४:३९

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्वर १३ ले एसईइ दिएर बसेका विद्यार्थीलाई निशुल्क तालिम प्रदान गर्ने भएको छ । ‘सिप सिकौं आफुलाई चिनौं र आत्मनिर्भर बनाैं’ भन्ने अभिप्रायका साथ सिपमुलक तालिम सञ्चालन गर्न लागिएको हो ।
विद्यार्थीका रुची र क्षमता अनुसार विभिन्न सिपमुलक तालिम प्रदान गरिने वडा अध्यक्ष किरण बरालले जानकारी दिए । तालिमले विद्यार्थीलाई सक्षम तथा आत्मनिर्भर बन्न सहयोग गर्ने अध्यक्ष बरालले विश्वास व्यक्त गरे ।
बरालका अनुसार वेसिक कम्प्युटर तालिम, व्यक्रिगत क्षमता अभिवृद्धि तालिम, सामाजिक सञ्जाल व्यवस्थापन लगायतका तालिम प्रदान गरिनेछ ।
फारम जुनसुकै ठाउँका विद्यार्थीले भर्न सक्नेछन् भने फारम बैशाख १५ गतेसम्म भर्न सकिनेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया