पर्वतका शर्मा राष्ट्रिय सभा अध्यक्षको प्रेस सल्लाहकार नियुक्त

समाधान संवाददाता २०८० वैशाख ५ गते १६:३०

पोखरा ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको प्रेस सल्लाहकारमा पत्रकार दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् । प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष शर्मा पर्वतबाट विगत दुई दशकदेखि सक्रिय पत्रकारितामा छन् ।

Advertisement

यसअघिका प्रेस सल्लाहकार अशोक पौडेल अध्ययनका लागि चीन गएकाले रिक्त स्थानमा शर्मालाई नियुक्त गरिएको राष्ट्रियसभा अध्यक्षको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया