बाबियाडाँडालाई भलिबल उपाधि

लेखनाथ ।
चण्डी देउराली क्लबले आयोजना गरेको खुबला भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी १२ को बाबियाडाँडाले जितेको छ ।
आयोजक चण्डी देउराली क्लब दोस्रो, आराधना क्लब खुदीखोला तेस्रो र शुक्लागण्डकी २ सान्त्वना भएका छन् । नव वर्ष मेला तथा साबिक वडा स्तरीय खुला पुरष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम ४ दिन चलेको थियो ।
फाइनलमा सोझो सेटमा आयोजक टिमलाई पराजित गर्दै बाबियाँडाँडा क्लबले उपाधि रक्षा गरेको हो । चण्डी देउरालीलाई २५–१५, २५–१७ र २५–१६ सेटमा पराजित गर्दै बाबिया डाँडाले उपाधिसहित ४५ हजार जितेको छ ।
प्रदेश सांसद श्यामराजा महतले विजेतालाई ४५ हजार, उपविजेतालाई ३० हजार र तृतीयलाई १५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।
बाबियाका टिम क्याप्टेन विशाल ठकुरी सर्वाेत्कृष्ट खेलाडी बने । प्रतियोगितामा विभिन्न क्लब र वडाका गरी १८ टिम सहभागी रहेको क्लब उपाध्यक्ष विष्णु आलेले बताए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया