तामाङ भाषा र टुङ्ना सिकाइँदै

पोखरा ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारदेखि पोखरामा तामाङ मातृभाषा प्रशिक्षण तथा तामाङ मौलिक बाजा टुङ्ना तालिम सुरु भएको छ । कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा पोखरा १३ मा आयोजित यो प्रशिक्षण १ महिना चल्नेछ ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले तालिम सुरुआत गरें । उनले गण्डकी प्रदेश कला, साहित्य, संगीत र संस्कृतिको उर्वर भूमी भएको बताए ।
पछिल्लो समय भाषा, संस्कार र संस्कृति जोगाउँदै पुस्ता हस्तान्तरण गर्ने अभियानमा गण्डकी प्रज्ञा प्रतिष्ठानले देखाएको क्रियाशीलता उल्लेखनीय भएको मुख्यसचिव पन्थले जनाए । भाषा, संस्कार र संस्कृति हराए देश नरहने भएको सबै मिलेर यसको संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।
‘हाम्रा भाषा, संस्कार, संस्कृति हराए देश रहँदैन, तसर्थ देश जोगाउने अभियानमा तपाईको अग्रसरताप्रति आभार व्यक्त गर्दछु’, उनले थपे । तामाङ समुदायसँग भाषा र बाजा प्रशिक्षणमार्फत जोडिन पाएकोमा उनले खुसी व्यक्त गरे ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले आफूहरु गण्डकी प्रदेशमा बसोबास गर्ने सम्पूर्ण जातिका भाषा, संस्कृति जोगाउने अभियानमा लागेको बताए । उनले रिजल्ट बेसमा काम गरिदिन प्रशिक्षार्थीसँग आग्रह गरें । ‘हामी गण्डकी प्रदेशमा बसोबास गर्ने सम्पूर्ण जातिका भाषा, संस्कृति जोगाउने अभियानमा छौं । तपाईहरुसँगको सहकार्य सिंगो प्रज्ञा प्रतिष्ठानको लागि हौसला हो,’ उनले भने ।
कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजक दीपक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पवित्रा तामाङ र सचिव मीनमाया तामाङले धारणा राखेका थिए । भाषा प्रशिक्षणमा २८ जना र बाजातर्फ ३३ जना सहभागी छन् ।
आयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान प्रतिष्ठान दोस्रो स्थापना दिवससमेत मनाउने तयारीसमेत गरेको छ । स्थापना दिवसमा गण्डकी प्रदेशका कला, साहित्य, संगीत तर्फका सर्जकलाई नगदसहित सम्मान गरिने सदस्य सचिव श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानको स्थापना दिवस वैशाख १५ गते विविध कार्यक्रम गरी मनाउने तयारी छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया