पोखरा लिंकन कलेजमा रात्रिकालीन एमबिए

पोखरा ।
पोखरा लिंकन इन्टरनेसनल कलेजमा मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन (एमबिए) पढाइ सुरु भएको छ । मलेसियाको लिंकन युनिभर्सिटीसँगको आबद्धतामा पढाइ सुरु भएको हो ।
लिटल स्टेप माध्यमिक विद्यालय र बिएमजी माध्यमिक विद्यालयबाट प्रवद्र्धित कलेजमा साँझ साढे ५देखि साढे ८ बजेसम्म एमबिए पढाइ हुन्छ । यसअघि ४ वर्षे बिबिए र बिएचएम पढाइ हुँदै आएको लिंकनमा एमबिए कार्यक्रम पनि ४ सेमेस्टरकै हो ।
सोमबार कलेजमा आयोजित कार्यक्रममा एमबिए कार्यक्रमका चिफ एकेडेमिक अफिसर अनिल अर्यालले यो कार्यक्रम भौतिक र अनलाइन दुवै माध्यमबाट विद्यार्थीले पढ्न सक्ने बताए । प्रालिका अध्यक्ष शेरबहादुर गुरुङले लिटल स्टेप मावि ४१ वर्ष प्रवेश गर्दै गर्दा हालसम्म धेरै डाक्टर, इन्जिनियर, समाजसेवी लगायत उत्पादन भएको सुनाए ।
देश विकासका लागि टेवा दिने खालको जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ आपूहरु शैक्षिक क्षेत्रमा आएको उनले सुनाए ।
डा. गणेश गुरुङले वार्षिक ६८ अर्ब रुपैयाँ नेपालबाट शिक्षा आर्जनका नाममा विद्यार्थीमार्फत बाहिरिने गरेको तथ्यांक सुनाए ।
हरेक महिना पढ्न जाने ५ सयदेखि ६ सय विद्यार्थीमार्फत हुने यस्तो पुँजी पलायन रोक्न केही हदसम्म भए पनि लिंकनको एमबिएले सघाउ पुग्ने उनको भनाइ छ । कलेज संस्थापक प्राचार्य पम्फा गुरुङ र बोर्ड सदस्य भीमनाथ बरालले पनि कार्यक्रममा बोलेका थिए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया