नागढुंगा विकास समाजमा डम्बरराज

पोखरा ।
पोखरा ८ स्थित नागढुंगा विकास समाजको अधिवेशनले फेरि डम्मरराज सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चुनेको छ ।
मंगलबार भएको १२ औं साधारणसभा तथा पाँचौं अधिवेशनबाट उपाध्यक्षमा गंगादेवी ढकाल, सचिव श्यामबहादुर श्रेष्ठ, कोषाध्यक्ष रिना थापा र सहसचिवमा केशवराज ढकाल निर्वाचित भए । सदस्यमा गुरुप्रसाद शर्मा, बबिता लामिछाने, मेडिका श्रेष्ठ, सुशीला शर्मा, रचना थकाली र पूर्णमाया जुग्जाली छन् ।
समाजका आजीवन सदस्य चण्डिप्रसाद अर्याल, सल्लाहकार हेरम्ब शर्मा तथा केशवराज ढकाल सम्मिलित ३ सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेको हो । कार्यक्रममा पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले राजनीतिक आस्थालाई सामाजिक क्षेत्रबाट अलग राखेर समाज सुधारको क्षेत्रमा लाग्न आग्रह गरे ।
समाजका अध्यक्ष डम्मरराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा आजीवन सदस्य चण्डीप्रसाद अर्याल, केशवराज ढकाल, श्यामबहादुर श्रेष्ठ, सदस्य रिना थापा, सचिव गुरुप्रसाद शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाको भित्तेपात्रो प्रकाशनका लागि आर्थिक सहयोग गर्ने तथा उत्कृष्ट कौशी खेती कृषकलाई सम्मान गरिएको थियो ।








वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
ढोरपाटनमा फस्टायो घोडचढी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया