किशोरीले मागे अधिकार र सुरक्षा

पोखरा ।
गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरबाट पोखरा आएका किशोरीसँग प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङको मंगलबार संवाद गरेका छन् । गण्डकी प्रदेश सरकारले बालबालिका, महिला र ज्येष्ठ नागरिकको हितका लागि विभिन्न कार्य गरेको उल्लेख गर्दै सो मन्त्री गुरुङले बालिकाको शारीरिक तथा मानसिक विकासका लागि योजना बनाइरहेको जनाए ।
नवलपुरको जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्यान्डसँगको साझेदारीमा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रमका ४० किशोरी काम गर्दा आएका विभिन्न विषयलाई प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनका लागि पोखरा आएका हुन् ।
किशोरीहरुले कार्यक्रममा मन्त्री गुरुङलाई २५ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरे । पत्रमा बालिकाका लागि आवश्यक पर्ने सुरक्षा, पोषण, शिक्षा, सहभागिता, स्वास्थ्य लगायतका विषय उल्लेख गरेको किशोरी अभियन्ता दृष्टि गिरीले बताइन् ।
ध्यानाकर्षण पत्रमा बालमैत्री, किशोरीमैत्री, अपांगतामैत्री पूर्वाधार र संरचना निर्माण, प्रदेश तहमा बन्ने हरेक समितिमा बालिकाको मुद्दा हेर्ने विशेष उपसमिति, विद्यालयहरुमा सेनिटरी प्याडको गुणस्तर र बिसर्जन जस्ता विषयसमेत समावेश गरिएको अर्की किशोरी अभियन्ता इच्छा गुरुङले सुनाइन् ।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेश समन्वय अधिकृत बद्री वाग्लेले किशोरीका मागलाई प्रदेशका मन्त्रालयहरुसँग समन्वय गरी पूरा प्रयास गर्ने प्रतिवद्धता जनाए । कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष तिलोत्तम पौडेल र अध्यक्षता किशोरी अभियान्ता निर्जला बोटेले गरेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया