हिड्न भ्यालीबाट २ विदेशीसहित ८ जनाको हेलि उद्दार

जोमसोम–धौलागिरी आधार शिविरको हिडन भ्यालीबाट बुधबार २ जना विदेशी नागरिकसहित ८ जनाको हेलि उद्दार गरिएको छ ।मौसम प्रतिकुलता र हिमपातका कारण गन्तब्य पहिल्याउन नसकेपछि आधार शिविरमा अलपत्र परेका उनीहरुलाई एभरेष्ट एअरको हेलि मार्फत उद्दार गरिएको हो ।
गेलेसरी हिमालयन कम्पनी ,ईलाईट हिमालयन कम्पनी र सेभेन समिट कम्पनी मार्फत धौलागिरि चक्रिय पदयात्रा गर्ने क्रममा रसियन नागरिक ईन्द्र फिलकोप ,जेमिन्त्री सिमियल सिकोपर र पर्यटक गाईडका प्रतिनिधि लामाबाबु शेर्पासहित ६ जना नेपाली पर्यटक गाईड धौलागिरि आधार शिविरको हिड्न भ्यालीमा अलपत्र परेका थिए ।
उनीहरुलाई म्याग्दीको दाना बस्ने ईन्द्रसिंह शेरचनको समन्वयमा हेलि उद्दार गरिएको बताईएको छ ।म्याग्दीको धारापानीबाट धौलागिरि चर्किय पदयात्रा सुरु गरेका उनीहरु फ्रेन्च पास हुँदै ५३ सय मिटर अग्लो उचाईमा अवस्थित हिड्न भ्यालीमा मुस्ताङको मार्फा गाउँ नस्किने योजनामा थिए ।
तर मौसम प्रतिकुलताका कारण गन्तव्य पहिल्याउन नसकेर अलपत्र परेको म्याग्दी ईन्द्रसिंह शेरचनले बताए । उनीहरुले ४ पटक गरी एभरेष्ट एअरको हेलीले हिड्न भ्यालीबाट दाना ल्याएर उद्दार गरेको उल्लेख गरे ।उनले उद्दार गरिएका विदेशी र नेपाली पथप्रर्दशक गाईड सकुशल रहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया