नेविसंघ कास्कीद्वारा वृद्धाश्रममा फलफूल वितरण
समाधान संवाददाता
२०८० वैशाख ६ गते १९:५४

पोखरा ।
नेपाल विद्यार्थी संघको ५४ औँ स्थापना दिवसको उपलक्ष्यमा नेपाल विद्यार्थी संघ कास्कीले पोखरा १७ स्थित पोखरा वृद्धाश्रममा फलफूल वितरण गरेको छ ।
आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई नेविसंघ कास्कीका अध्यक्ष नसिब गुरुङ नेतृत्वमा फलफूल वितरण गरिएको हो ।
फलफूल वितरणपछि आमाबुवाहरुको अनुहारमा खुसी देख्दा आफू पनि प्रशन्न भएको र थप ऊर्जाका साथ आगाडि प्रेरणा मिलेको अध्यक्ष गुरुङले बताए ।
आउँदा दिनहरुमा विद्यार्थी राजनीतिको परिभाषालाई परिवर्तन गरेर यस्तै रचनात्मक क्रियाकलाप र विद्यार्थीमुखी नीतिनियमको निर्माण गर्नुपर्ने आजको आवश्यकता रहेको नेपाल विद्यार्थी संघ कास्कीका सचिव विष्णु पहारीले जनाए ।
कार्यक्रममा नेविसंघ नेता डिफान भुजेल, विजय घिमिरे, कुशल खड्का लगायत नेता सहभागी थिए ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया