गण्डकी सरकारलाई महालेखाको प्रश्न: अनुगमन नगरी अनुदान किन ?

पोखरा ।
गण्डकी प्रदेश सरकारले बजेट वितरण गर्ने तर अनुगमन नगरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनका अनुसार गण्डकी प्रदेश सरकारका मन्त्रालयबाट विभिन्न कार्यक्रमका लागि बजेट वितरण गर्ने तर अनुगमन नभएको देखिएको हो ।
त्यसो हुँदा प्रभावकारी कार्य हुन नसकेको र अनुदान सदुपयोग भएको सम्बन्धमा यकिन गर्न नसकिएको प्रतिवेदनले औंल्याएको छ । बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी एकीकृत कार्यविधि २०७७ को दफा २३ (१) क मा सम्झौता बमोजिम कार्यक्रम सञ्चालन गर्नुपर्नेमा यस्तो नभएको प्रतिवेदनमा उल्लेख छ ।
‘मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले २ करोड १ लाख २७ हजार, भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयले ५ करोड ११ लाख ६९ हजार, शिक्षा, शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले २२ करोड ४ लाख ९३ हजार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ लाख बजेट अनुगमन नगरी वितरण गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।
उत्पादन तथा उत्पादकत्वमा पारेको प्रभाव, जीवनस्तरमा भएको सुधार सम्बन्धमा प्रभावकारी नभएको प्रतिवेदनले उल्लेख छ ।
अनुदानबाट नागरिकको जीवनस्तरमा भएको परिवर्तन, रोजगारी वृद्धि पुँजी र प्रविधिमा सुधार, राजस्वमा योगदान तथा अन्य सरोकारवालामा सकारात्मक सोच नभएको पाइएको हो । व्यावसायिक अनुशरणबाट आर्थिक गतिविधिमा भएको परिवर्तन जस्ता पक्षमा देखिएका सकारात्मक सूचकको लेखाजोखा गरी अनुदान दिने कार्यक्रमलाई व्यवस्थित बनाउन प्रतिवेदनले सुझाव दिएको छ ।
दरौंदी जरेबर सडक पुल अलपत्र
गोरखाको दरौंदी जरेबर सडकमा पुल निर्माण ८४ प्रतिशत सकिएपछि अलपत्र छ । मुआब्जा र क्षतिपूर्ति वितरणका लागि बजेट सुनिश्चित नहुँदा बाँकी काम अलपत्र परेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
पूर्वाधार विकास कार्यालय गोरखाले बहुवर्षीय आयोजना अन्तर्गत उक्त पुल निर्माण गरेको थियो । निर्माण कम्पनी संयुक्त उपक्रमसँग ५ करोड ३९ लाख ८१ हजारमा सम्झौता भए पनि हालसम्म ४ करेड ८७ लाख खर्च भएको छ । सम्झौतामा १ सय १० मिटर बाटो पनि बनाउने उल्लेख थियो । तर, उक्त बाटोका लागि मुआब्जा लगायतका काम नसकिँदा पुल अलपत्र परेको हो ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम ६ मा सार्वजनिक निकायले निर्माणस्थलको व्यवस्था नभई हटाउनुपर्ने रुख, बिरुवा लगायतका संरचना हटाउने सुनिश्चितता, मुआब्जा वा क्षतिपूर्ति वितरणका लागि बजेटको सुनिश्चितता एवं वातावरणीय अध्ययनको प्रतिवेदन स्वीकृत नगराई बोलपत्र आह्वान गर्न नहुने उल्लेख छ । तर, उक्त नियमावली विपरीत बोलपत्र आह्वान भएकाले पुल निर्माण अलपत्र परेको हो । निर्माण सुनिश्चित गरेरमात्रै खरिद सम्झौता गर्नुपर्नेमा महालेखाले जोड दिएको छ ।
गत आर्थिक वर्ष २०७८÷७९ मा सरकारी निकायहरूले गरेको १ खर्ब १९ अर्ब रूपैयाँको हिसाब देखिएको छैन । महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको ६० औं वार्षिक प्रतिवेदनका अनुसार सो रकम बराबर बेरूजु देखिएको हो ।
कानुन बमोजिम रित नपु¥याई गरिएको खर्च, राख्नुपर्ने लेखा नराखिएको र अनियमित तरिकाले गरिएको खर्च नै बेरुजु हो ।
महालेखा परीक्षकको कार्यालयले यस वर्ष ४ हजार ६८ मन्त्रालय र निकाय, १ हजार २ सय १८ प्रदेश मन्त्रालय र निकाय, ७ सय ५३ मध्ये ७ सय ५१ स्थानीय तह, ४ सय ३४ विश्वविद्यालय, समिति संस्था र ७५ संगठित संस्थाको लेखा परीक्षण गरेको छ । यी निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड ७४ लाख रूपैयाँ बराबरको लेखा परीक्षण गरिएको हो ।
अघिल्लो वर्षसम्म यस्तो बेरूजु ४ खर्ब ८३ अर्ब ५९ करोड रूपैयाँ थियो । गत वर्षको १ खर्ब १९ अर्ब रूपैयाँसमेत जोडिँदा अहिले बेरूजु ५ खर्ब ८७ अर्ब रूपैयाँ पुगेको छ । त्यसबाहेक यी निकायको अतिरिक्त लेखा परीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकम ३ खर्ब ७२ अर्ब रूपैयाँ छ । कुल ९ खर्ब ५९ अर्ब रूपैयाँको टंगो लगाउनुपर्ने महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
बेरूजु देखिनेमा अर्थ मन्त्रालय सबैभन्दा अगाडि छ । अर्थ मन्त्रालयको १६ खर्ब ३६ अर्ब रूपैयाँको लेखा परीक्षण हुँदा ३२ अर्ब ४६ करोड बेरूजु देखिएको हो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको १ खर्ब २० अर्ब रूपैयाँको लेखा परीक्षण हुँदा ८ अर्ब ७९ करोड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १४ अर्ब ४५ करोडमा २ अर्ब ७० करोड, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको ३३ अर्बमा २ अर्ब ५३ करोड रूपैयाँ बेरूजु देखिएको हो ।
११ संघीय मन्त्रालय र निकायको मात्रै कुल बेरूजु ५६ अर्ब ३१ करोड रूपैयाँ छ । यो गत वर्ष लेखा परीक्षण भएका सबै तहगत मन्त्रालय र निकायको बेरूजु रकम १ खर्ब १९ खर्बको ४७ प्रतिशत हो । ४ हजार ६८ संघीय मन्त्रालय र निकायहरूको लेखा परीक्षण गरिँदा १ हजार ९ सय २९ वटामा, प्रदेशका १ हजार २ सय १८ वटा निकायहरूमा ४४४ वटामा बेरूजु रकम निकै कम रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।







माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया