मोटरसाइकलको ठक्करले चितुवा मर्यो
समाधान संवाददाता
२०८० वैशाख ७ गते १०:३२

गलेश्वर
म्याग्दीमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । बेनी नगरपालिका १ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नम्बरको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो ।
सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसित ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए । चितुवाको टाउको मोटरसाइकलमा ठोक्किएको थियो ।
करिब ४० किलोको चितुवा २ वर्ष आसपासको भएको अनुमान छ । मोटरसाइकल चालक खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वनजंगलमा लागेको डढेलोका कारण अहिले चितुवाको बासस्थान खल्बलिएको प्रमुख रानाभाट बताउँछन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया