बेन्को एस १ पोखरामा

समाधान संवाददाता २०८० वैशाख ७ गते १२:४०

पोखरा ।
पोखराको बजारमा नयाँ मोबाइल बेन्को एस १ भित्रिएको छ । पोखराका लागि आधिकारिक बिक्रेता एमटिएस ट्रेडर्सले पोखरा बजारमा यो मोबाइल ल्याएको हो ।

Advertisement

हाल बजारमा २ प्रकारका बेन्को एस १ मोबाइल उपलब्ध रहेको एमटिएसका सञ्चालक तारानाथ आचार्यले बताए । ४ जिबी र्‍याम र १ सय २८ जिबी स्टोरेज भएको मोबाइलको बजार मूल्य १३ हजार ९ सय ९९ छ ।

६ जिबी र्‍याम र १ सय २८ जिबी स्टोरेजमा रहेको मोबाइलको मोल भने १५ हजार ९ सय ९९ छ । ती सेटमा सय दिनसम्म कुनैसमस्या आएमा कम्पनीले सिधै फिर्ता गरी नयाँ मोबाइल उपलब्ध गराउने पोखराका लागि कम्पनी प्रतिनिधि शंकर क्षेत्रीले बताए । यी मोबाइलको फिचर अनुसार बजारमा सस्तो, आकर्षक एवं उत्कृष्ट भएको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया