गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रो पटक शनिबार विश्वासको मत लिँदै छन् । चैत १० गते सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिँरिदै विश्वासको मत पनि फिर्ता लिएको थियो । संविधान अनुसार मुख्यमन्त्री अधिकारीले ३० दिन भित्र विश्वासको मत लिनुपर्छ । शनिबार अल्पमतमा सरकार परेको २९ दिन पुग्छ । ‘संविधानको अक्षअंश पालाना गर्दै शनिबार विश्वासको मत लिन्छु । पुन विश्वासको मत पाउँछु भन्ने मेरो विश्वास हो,’ शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री अधिकारीले भने ।
विश्वासको मत लिन मुख्यमन्त्री अधिकारीले केही दिन अघि प्रदेश सभा सचिवालयमा पत्र पठाएका छन् । पत्रमा लेखिएको, “संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मतको लागि प्रदेश सभा समक्ष यो प्रस्ताव गरेको छु । मिति २०८०÷०१÷०९ गते शनिबारका दिन बस्ने प्रदेश सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि गण्डकी प्रदेश सभा नियमावल, २०७४ को नियम १४३ बमोजिम यो सूचना दिएको छु ।’
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतको सरकार बनाउन ३१ सदस्यको अवाश्यक पर्छ । उनले यसअघि विश्वासको मत लिँदा ३१ सदस्यका समर्थन पाएका थिए । एमालेका २१, माओवादीका ८ र राप्रपाका २ गरी ३१ सदस्यले विश्वासको मत दिएका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले शनिबार पुन विश्वासको मत पाउन सक्ने सम्भावना देखिँदैन । माओवादीसहितका कांग्रेस एकीकृत समाजवादीको नयाँ गठबन्धनले सरकार बन्नेछ ।
अधिकारीले विश्वासको मत नपाए ठूला दलको हैसियतले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न बन्छ । स्रोतका अनुसार शनिबार बेलुका नै प्रदेश प्रमुखले ठूलो दलको हैसियतमा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।
प्रदेश सभामा कांग्रेससँग २७, माओवादीसँग ७ र एकीकृत समाजवादीसँग १ सांसद छन् । अफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसभित्र सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिएको स्रोत बताउँछ ।
तपाईको प्रतिक्रिया