तनहुँ १ मा चुनाव, १० गते आइतबार राजमार्गमा गाडी नचल्ने

पोखरा ।
तनहुँ १ मा उपनिर्वाचन हुने दिन १० वैशाख आइतबार हुने निर्वाचन क्षेत्रमा सवारी साधन आवागमन रोकिने भएको छ । यातायात रोकिने हुँदा पृथ्वी राजमार्गमा समेत गाडी नचल्ने भएका छन् ।
तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म राजमार्गमा समेत गाडी चल्न नदिइने जानकारी दिए । उनका अनुसार पृथ्वीराजमार्ग हुँदै तनहुँ कटेर अन्त जाने यात्रुहरुले आइतबार बिहान ५ बजेअघि वा साँझ ५ बजेपछि मात्रै यात्रा गरिसक्नुपर्नेछ ।
२०७९ मंसिरको निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र रिक्त भएको थियो । रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्ले लगायत अरु पार्टीहरुबाट समेत गरी ९ जना उम्मेदवार छन् ।









मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया